‘द डर्टी पिक्चर’की अभिनेत्रीको ३३ वर्षकै उमेरमा निधन

डिसी नेपाल
२७ मंसिर २०७७ १५:५७
6.1k
Shares

काठमाडौं। बलिउड अभिनेत्री आर्या बनर्जीको निधन भएको छ । फिल्म ‘द डर्टी पिक्चर’मा विद्या बालनसँग काम गरिसकेकी अभिनेत्री आर्याको ३३ वर्षको उमेरमा निधन भएको हो । उनी कोलकाताको जोधपुर पार्क क्षेत्रमा एक अपार्टमेन्टमा बस्थिन् । उनी आज मृत अवस्थामा भेटिएकी हुन् । पुलिसले घरको ढोका फुटाएर उनको शव बाहिर निकालेको छ ।

आर्याको खास नाम देवदत्ता बनर्जी थियो । उनी सितारवादक निखिल बनर्जीकी छोरी थिइन् । आज आर्याले बन्द ढोका नखोलेपछि छिमेकीले बाहिरबाट ढोका ढक्ढक्याएका थिए । कुनै जवाफ नआएपछि आर्यालाई फोन पनि गरिएको थियो । तर, फोनको पनि जवाफ नआएपछि पुलिस बोलाइएको थियो । आर्या अपार्टमेन्टमा एक्लै बस्थिन् । पुलिसले उनको घरभित्रबाट केही औषधि र रक्सीका बोतल बरामद गरेको छ । अहिलेलाई प्राकृतिक मृत्युको केस दर्ता गरेर शवलाई पोस्टमार्टमका लागि पठाइएको छ । कुनै अप्राकृतिक कारणले मृत्यु भएको भए पोस्टमार्टममा खुलासा हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.