प्रणव मुखर्जीको स्मरणमा मोदी, सोनिया र मनमोहन सिंहको आलोचना
नयाँ दिल्ली (एजेन्सी)। हालै दिवंगत भएका भारतका पूर्व राष्ट्रपति तथा काँग्रेस आईका नेता प्रणव मुखर्जीको स्मरण पुस्तक केही दिनपछि सार्वजनिक हुँदैछ। उनको प्रकाशोन्मुख पुस्तकको केही अंश भारतीय सञ्चार माध्यमहरुमा प्रकाशित भएको छ।
भारतीय सञ्चार माध्यमहरुका अनुसार मुखर्जीले स्मरण पुस्तककमा वर्तमान प्रधानमन्त्री भाजपा नेता नरेन्द्र मोदी, काँग्रेस आईकी अध्यक्ष सोनिया गान्धी र २००४ देखि २०१४ सम्म प्रधानमन्त्री रहेका कााग्रेस नेता डा. मनमोहन सिंहको आलोचना गरेका छन्।
मुखर्जीले आफू राष्ट्रपति भएपछि काँग्रेसले राजनीतिक सिद्धान्तमाथिको नियन्त्रण गुमाएको बताएका छन्। र २०१४ को निर्वाचनमा काँग्रेसले नराम्रो पराजय भोग्नुपरेको बताएका छन्। पुस्तकमा उनले २००४ मा केही काँग्रेस कार्यकर्ताहरु आफूलाई प्रधानमन्त्री बनाएको भए २०१४ मा त्यो हारबाट जोगिन सक्ने विचार राख्थेसमेत भनेका छन्। तर, आफू भने त्यसको पक्षमा नरहेको बताएका छन्।
उनले आफू राष्ट्रपति बनेपछि काँग्रेस अध्यक्ष सोनिया गान्धी पार्टीलाई सम्हाल्न असक्षम भएको टिप्पणी गरेका छन्। यस्तै डा. मनमोहन सिंहले गठबन्धन बचाउने नाममा राम्रो काम गर्न नसकेको टिप्पणी गरेका छन्।
साथै मुखर्जीले प्रधानमन्त्री मोदीले पहिलो कार्यकाल निकै निरंकुश ढंगबाट चलाएको आरोपसमेत लगाएका छन्। उनले मोदीले न्यायलयलगायत अन्य क्षेत्रमा पनि प्रभाव पारेको बताएका छन्।







डिसी नेपाल








Facebook Comment