प्रिमियर लिगमा चेल्सीलार्ई पराजित गर्दै एभरटन सातौं स्थानमा उक्लियो

डिसी नेपाल
२८ मंसिर २०७७ १०:३९
68
Shares

काठमाडौं । प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा चेल्सीलाई १–० ले पराजित गर्दै एभरटन सातौं स्थानमा उक्लिएको छ । एभरटनको घरेलु मैदानमा भएको खेलमा टोलीका लागि एकमात्र गोल जिल्फी सिगुर्सनले पेनाल्टी मार्फत गोल गरे । जितसँगै एभरटन सातौं स्थानमा उक्लिएको छ । पराजित चेल्सीले भने शीर्ष स्थानमा पुग्ने मौका गुमायो ।

जितपछि १२ खेलबाट युनाइटेड समान २० अंक भए पनि एभरटन गोल अन्तरमा अघि छ । १२ खेलबाट २२ अंकसहित चेल्सी तेस्रो स्थानमै छ । ११ खेलबाट समान २४ अंक जोडेको टोटनहम र लिभरपुल क्रमशः पहिलो र दोस्रो स्थानमा छ । गएराति भएको म्यानचेष्टर युनाइटेड र म्यानचेष्टर सिटीबीचको अर्को खेल गोलरहित बराबरीमा टुङिगएको छ । खेलमा दुवै टोलीले गोल गर्ने केही अवसर पाए पनि सदुपयोग गर्न सकेनन् ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.