प्रदेश स्तरीय छनौट खेलका लागि सिद्वान्त लोहनीको कप्तानीमा मोरङ टोलीको घोषणा

डिसी नेपाल
२८ मंसिर २०७७ ११:१०
240
Shares

काठमाडौं । प्रधानमन्त्री कप (पीएम) राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिताको प्रदेश स्तरीय छनौट खेलका लागि मोरङको सिनियर पुरुष तथा महिला टोलीको घोषणा गरिएको छ । मोरङ जिल्ला क्रिकेट सङ्घले प्रधानमन्त्री कपमा सहभागी हुने पुरुष तथा महिला खेलाडीको नाम सार्वजनिक गरेको हो । सिद्वान्त लोहनीको कप्तानीमा पुरुषको टोली तथा रश्मि शर्मा चौलागाईको कप्तानीमा महिला टोलीको घोषणा गरिएको छ । यसैगरी छनोट भएका पुरुष खेलाडीमा मिनास थापा, रवि रोय, मुकुन्द यादव, फिरदोस अन्सारी, श्रवण यादव, दिपक पासवान, राजन मगर, रेवती रमण यादव, दिपेश कँडेल, आयुष ओडारी, लब कामत, सुवर्णकार उराव र आशिश श्रेष्ठ रहेका छन ।

छनोट गरिएका महिला खेलाडीमा नमिता श्रेष्ठ, टीका साह, अंशु जैसवाल, सानु राजवंशी, मनिता चौधरी, भवानी कामती, पायल ठाकुर, राधिका कुमाल, बिमला मलाह, सपना साह, भीमा देवी कुँवर, सलिना तामाङ र सिर्जना अधिकारी रहेका छन । पुरुष टोलीको प्रशिक्षकमा महेश प्रसाद रिजाल र महिला टोलीको प्रशिक्षकमा राजेश पोखरेललाई तोकिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले मङ्सिर २१ गतेसम्म जिल्ला छनोट गर्न निर्देशन दिएको थियो । क्यानले आगामी पुस ११ गतेदेखि प्रधानमन्त्री कप आयोजना गर्दैछ । महिलाको दाङमा र पुरुषको काठमाडौँमा खेल सञ्चालन हुनेछन् । प्रतियोगितामा सात प्रदेशका र तीन विभागीय गरी १० टोलीको सहभागिता रहने छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.