गौतम बुद्ध कपः वाग्मतीलाई राप्तीको १३० रनको लक्ष्य

डिसी नेपाल
२८ मंसिर २०७७ १३:०६
120
Shares

काठमाडौं । चितवनमा जारी गौतम बुद्ध कप टी २० क्रिकेटमा राप्तीले वाग्मतीलाई १३० रनको लक्ष्य दिएको छ । रामपुरस्थित निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमूना मैदानमा टस हारेर ब्याटिङ गरेको राप्तीले निर्धारित २० ओभरको खेलमा ९ विकेट गुमाउदै १२९ रन बनायो ।

राप्तीका लागि अमित श्रेष्ठ (२६), शरद भेषवाकर र कप्तान बिनोद भण्डारीले समान २१–२१ रन बनाए । अन्य खेलाडीहरुमा लोकेश बम (१५), कमल सिंह एरीले (१६) रन बनाउनु बाहेक राप्तीका अन्य खेलाडीहरुले दोहरो अंक छुन सकेनन । बलिङमा वाग्मतीका सोमपाल कामी, सागर ढकाल र रशिद खानले समान २–२ विकेट तथा ललित राजवंशी र बिक्रम सोबले १–१ विकेट लिए । एक सय ३० रनको लक्ष्य पाएको वाग्मतीले अबको केहि बेरमा ब्याटिङ गर्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.