सरकारी सुरक्षाकर्मीले नै सयौं नागरिकलाई घाँटी रेटेर मारे, कैयौं दिनम्म त्यसै सडे लाशहरु

डिसी नेपाल
२८ मंसिर २०७७ १३:४७
17.7k
Shares

काठमाडौं। सरकारी सुरक्षाकर्मीले नै सयौंको संख्यामा नागरिकको घाँटी रेटेर हत्या गरेको र कैयौं दिनसम्म ती लाशहरु त्यसै सडिरहेको प्रत्यक्षदर्शीहरुले दावी गरेका छन् । इथियोपियाको माइ काद्रा नामको शहरमा ९ नोभेम्बरका दिन यो जघन्य हत्याकाण्ड भएको घटनामा जीवित बाँच्न सफल व्यक्तिहरुलाई उद्धृत गर्दै डेलीमेलले जनाएको छ

घटनामा बाँचेकाहरुका अनुसार घटनाको कैयौं दिनपछि पनि शवहरु जमिनमै त्यसै सडिरहेका थिए । प्रत्यक्षदर्शीका अनुसार केहीलाई डोरीले घाँटी थिचेर पनि मारिएको थियो । मानव अधिकार संगठन एम्नेस्टी इन्टरनेशनलले गत महिना नरसंहारमा ठूलो संख्यामा मानिसहरु मारिएको बताइएको थियो ।

इथियोपियामा केही समय अघिदेखि क्षेत्रीय सरकार चलाइरहेको पार्टी टिग्रे पिपुल्स लिबरेशन फ्रन्ट र प्रधानमन्त्री आबी अहमदको सरकारबीच लडाइ चलिरहेको छ । स्मरणीय छ आबी अहमदलाई गत वर्ष नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो ।

इथियोपियाको मानवअधिकार आयोग र एम्नेस्टी इन्टरनेशनलसँग प्रत्यक्षदर्शीहरुले बताएअनुसार टिग्रेका सुरक्षाकर्मी र उनीहरुका सहयोगीले देशको सबैभन्दा ठूलो जातीय समूह अमहारामाथि आक्रमण गरेका थिए । टिग्रे क्षेत्रमा भने अमहारा अल्पसंख्यक छन् ।

अर्कोतर्फ टिग्रेका शरणार्थीहरुले भने एसोसिएट प्रेससँग कुरा गर्दै आफूहरुमाथि मात्रै केन्द्रीय सुरक्षाबल र अमहाराका क्षेत्रीय सैनिकहरुले आक्रमण गरेको बताएका छन् । पछि एम्नेष्टी इन्टरनेशनलले घटनाको क्रममा दुवै तर्फका सर्वसाधारण मारिएको हुन सक्ने सम्भावना भएको बताएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.