पत्रकार बोरिस जोनसनका कारण प्रधानमन्त्री बोरिस जोनसनलाई टेन्सन !

डिसी नेपाल
२८ मंसिर २०७७ १७:१६
64
Shares

काठमाडौं। बेलायती प्रधानमन्त्री बोरिस जोनसनले हालै बेलायतले युरोपियन युनियनबाट ‘नो डील ब्रेक्जिट’ गर्नुपर्ने स्थिति आएको बताएका थिए । जोनसनले बेलायत कुनै पनि व्यापारिक सम्झौता बिना युरोपियन युनियनबाट बाहिरिने बताएका थिए । खासमा जोनसनले युरोपेली संघसँग व्यापारिक सम्झौता गर्ने धेरै कोसिस गरेका थिए तर युरोपेली संघका नेता उनका मागको अगाडि झुकेनन् । यसलाई ‘पत्रकार’ बोरिस जोनसनको कर्मको फल ‘प्रधानमन्त्री’ बोरिस जोनसनले भोग्नुपरेको रुपमा विश्लेषण गरिएको छ ।

न्यूयोर्क टाइम्सको एक रिपोर्टअनुसार प्रधानमन्त्री जोनसनले इयूसँग सम्झौता गर्दा पनि इयूका नेताहरु आफ्नो अडानबाट पछि नहट्नुको पछाडि करिब ३ दशक पहिले बोरिस जोनसनले लेखेका समाचारको अहम भूमिका रहेको मानिएको छ । ९० को दशकमा जोनसन ब्रिटिश टेलिग्राफ अखबारका विदेश मामिला हेर्ने संवाददाता थिए । त्यतिबेला उनले युरोपेली संघ र यसका अधिकारीहरुविरुद्ध कैयौं समाचार लेखेका थिए । यीमध्ये केही समाचार पछि गएर गलत पनि प्रमाणित भएका थिए ।

त्यतिबेलाका इयूका केही अधिकारीहरु आज पनि प्रभावशाली स्थितिमा छन् र उनीहरुले जोनसनसँग त्यतिबेलाको बदला लिइरहेका छन् । त्यतिबेला जोनसनले युरोपियन युनियन अन्ततः झुक्ने भएकोले उनलाई आफ्नो कुरामा मनाउनको लागि कडा अडान लिनुपर्ने कुरा पटक पटक लेखेका थिए । जोनसनले इयूकी अहिलेकी अध्यक्ष उर्सुला भान डेर लेयिनलाई मनाउने निकै कोसिस गरेका थिए र यो प्रयासमा उनी सफल हुन सकेनन् ।

९० को दशकमा जोनसनसँग काम गरेकी पत्रकार सोनिया पर्नेल भन्छिन् ‘तपाइँ जस्तो काम गर्नुहुन्छ त्यस्तै परिणाम प्राप्त हुन्छ । मलाई लाग्दैन कि युरोपियन युनियनले जोनसनको माग पूरा गर्छ । जोनसनको यो कोसिस पनि समयको बर्बादी हो ।’ रिसर्च इन्स्टिच्युट युरोपियन रिफर्मका डाइरेक्टर चार्ल्स ग्रान्ट भन्छन् ‘बोरिस जोनसनले आफ्नो लेखाइले इयूलाई पटक पटक निशाना बनाए । कैयौं समाचार पछि गएर पूर्ण रुपमा गलत साबित भए । एक पटक उनले लेखेका थिए कि इयूको भवन विष्फोट गरेर उडाइनेछ र त्यसको ठाउँमा नयाँ भवन बन्नेछ । तर, यस्तो भएन । पुरानो भवनलाई मर्मत गरेर त्यसलाई कामको लायक बनाइयो ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.