यू१९ विश्वकप छनोटः नेपालले यूएईमा खेल्ने

डिसी नेपाल
२८ मंसिर २०७७ १८:०६
240
Shares

काठमाडौं । आईसीसीले सन् २०२२ मा वेष्ट ईण्डिजमा हुने यू१९ विश्वकप क्रिकेटको लागि छनोट प्रक्रिया सार्वजनिक गरेको छ । आइतबार सार्वजनिक गरेको तालिकामा नेपालले एसिया छनोट खेल्नुपर्ने भएको छ ।

तालिका अनुसार यूएईमा हुने छनोट प्रक्रियामा नेपाल नेपाल च्याम्पियन भएमा विश्वकपमा स्थान बनाउन सक्नेछ । आगामी वर्ष हुने छनोट प्रतियोगिताका लागि नेपालले सोझै एशिया छनोटमा स्थान बनाएको छ ।

यस्तै यूएई र मलेसियाले पनि सोझै एशिया छनोटमा स्थान बनाएका छन । बाँकी दुई टिम डिभिजन २ क्वालिफायरबाट आउने भएका छन । जसमा भुटान, हङकङ, ओमान, कतार, साउदी अरेविया, सिंगापुर र थाइल्याण्ड खेल्नेछन । उक्त छनोटबाट शिर्ष दुईमा स्थान बनाउने टिमले एशिया छनोट खेल्नेछन । जसमा नेपालसहित पाँच टिमको सहभागिता रहनेछन ।

एशिया छनोटको च्याम्पियन हुने टिमले विश्वकपमा स्थान बनाउनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.