पुस १८ गतेसम्म संसद अधिवेशन बोलाउनुपर्ने बाध्यता : सभामुख
काठमाडौं। सभामुख अग्निप्रसाद सापकोटाले गुणस्तरीय कानून निर्माण हुन नसके सुशासन र सम्वृद्धिका कुरा निरर्थक प्रवचन सावित हुने बताएका छन्।
१४ औं संघीय संसद सेवा दिवस २०७७ का अवसरमा आइतबार संसद भवन नयाँबानेश्वरमा आयोजित मूल समारोहलाई सम्बोधन गर्दै सभामुख सापकोटाले नेतृत्वको स्पिरिट र कर्मचारीको दक्षता मिलाएर मात्रै गुणस्तरीय कानून निर्माण सम्भव हुने बताए।
‘गुणस्तरीय कानून बनेन भने त्यहिँबाट बिडम्बना सुरु हुन्छ, त्यहिँबाट विग्रन सुरु हुन्छ’ सभामुख सापकोटाले भने। उनले गुणस्तरीय कानुन निर्माण सँगसँगै संसदीय निगरानी मार्फत निर्मित कानून कार्यान्वयनको अवस्थाबारे पनि उत्तिकै ध्यान दिनुपर्नेमा जोड दिए।
सभामुख सापकोटाले आगामी पुस १८ भित्र संसदको हिउँदे अधिवेशन बोलाउनुपर्ने संबैधानिक बाध्यता रहेको बताउँदै सदन सुचारु हुँदै गर्दा संघीय संसदको सुधारका योजनाहरु सार्वजनिक गरिने जानकारी दिए। संसदलाई जीवन्त र जनमुखी बनाउनने संकल्प सहित आम जनताकाबीचमा सुधारका योजना सार्वजनिक गर्ने र जनतालाई संघीय संसदको नेतृत्वले केही बल, प्रयत्न गरेको छ भनेर सन्देश दिने उनको भनाइ छ।
सभामुख सापकोटाले अलिकति प्रयत्न गरिए नेपाली जनताले साथ दिने र जनताको साथ पाए जस्तोसुकै असम्भव भनिएका कुरा पनि सम्भव बनाउन सकिने धारणा राखे। उनले संघीय संसद सेवामा कार्यरत कर्मचारीहरुमा आकार्षण बढाउन भूमिका खेल्ने प्रतिवद्धता व्यक्त गर्दै यसका लागि कर्मचारीको भूमिका पनि उत्तिकै महत्वपूर्ण हुने बताए।
समारोहमा राष्ट्रिसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, कानून न्याय तथा संसदीय मामीला मन्त्री शिवमाया तुम्बाहाङ्फे, राष्ट्रिय सभाका उपाध्यक्ष शशिकला दहाल, संसद सचिवालयको आधिकारीक ट्रेड युनियनका अध्यक्ष मेघराज अर्याल लगायतले धारणा राखेका थिए।
दिवसका अवसरमा संसदले हरेक बर्ष प्रदान गर्ने सर्वोत्कृष्ट सेवा पुरस्कार उपसचिव कमला शाक्य, उत्कृष्ट सेवा पुरस्कार कम्प्युटर अधिकृत जगदिश न्यौपाने, सवारी चालकबाट कृष्ण रानामगर र संसद सेवा पुरस्कारबाट बालकृष्णन्यौपाने सम्मानीतय भएका छन्। यसैगरी संसद सेवामा ३० बर्ष भन्दा धेरै सेवा गरेका कर्मचारीहरुलाई दीर्घ सेवा सम्मान प्रदान गरिएको थियो। संघीय संसद सचिवालयले साताव्यापी कार्यक्रम गरेर संसद सेवा दिवस मनाएको हो।







डिसी नेपाल








Facebook Comment