सिक्सर्सको बीबीएल ईतिहासकै फराकिलो जित
काठमाडौं । अष्टे्रलियामा जारी बिग बास लिग (बीबीएल)मा आज भएको खेलमा सिड्नी सिक्सर्सले बीबीएल ईतिहासकै सबैभन्दा फराकिलो जित हात पारेको छ । मेलबर्न रेनेगेड्सलाई सिड्नीले १४५ रनले पराजित गरेको हो ।
सिड्नीले दिएकोृ २०६ रनको लक्ष्य पछ्याएको मेलबर्नले १०० रन पनि बनाउन सकेन । मेलबर्नले ६० रन बनाउँदा सबै विकेट गुमाएको हो । मेलबर्नका सन मार्श, जेक फ्रेजर र केन रिचार्डसनले समान १३ रन बनाए भने आरोन फिन्चले १२ रन बनाए । अन्य कुनै पनि खेलाडीले दोहोरो रन बनाउन सकेनन् । सिड्नीका बेन ड्वारससले ४ विकेट तथा स्टिभ ओ किफले ३ विकेट लिए । यस्तै कार्लोस ब्रेथवेटले २ विकेट लिँदा गुरिन्दर सन्धुले १ विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङ गरेको सिड्नीले निर्धारित ओभरमा शानदार ब्याटिङ गर्दै २०५ रन बनाएको थियो । सिड्नीका जोस फिलिपले विस्फोटक ब्याटिङ गरे । उनले ५७ बलमा ३ छक्का र ९ चौका प्रहार गरी ९५ रन बनाए । यस्तै जोर्डन सिल्कले १९ बलमा ४५ रन बनाए । यसैगरी डेनियल ह्युजले ३२ तथा जेम्स भिन्सले १७ रन बनाए । मेलबर्नका पिटर हाटजोग्लुले २ विकेट लिए ।







डिसी नेपाल








Facebook Comment