घरेलु मैदानमै हार्‍याे पीएसजी, नेयमार घाइते

डिसी नेपाल
२९ मंसिर २०७७ १३:४०
108
Shares

काठमाडौं । फ्रेन्च लिग वान फुटबलमा साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) पराजित भएको छ । आइतबार राति घरेलु मैदानमा भएको खेलमा पीएसजी लियोनसँग १–० गोल अन्तरले पराजित भएको हो ।

पीएसजीविरुद्ध जित निकाल्न लियोनका टिनो काडेवेरले निर्णायक गोल गरे । उनले खेलको ३५ औं मिनेटमा गोल गरेका थिए । लियोनविरुद्धको खेलमा पीएसजी स्टार नेयमार घाइते भएका छन् । लियोनका थिगायो मेन्डिसको ट्याकलमा नेयमार घाइते भएका हुन् । घाइते भएपछि नेयमार स्ट्रेचरको सहायताबाट मैदानबाट बाहिरिएका थिए ।

घरेलु मैदानमा पराजित भएपछि पीएसजीले शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ । पीएसजी २८ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । लियोन २९ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.