गौतम बुद्ध कपः खेलको नाटकीय अन्त्य, बलरको गल्तीले नारायणीले जितिसकेको खेल हार्यो
काठमाडौं। गौताम बुद्ध कपमा आज भएको नारायणी र राप्तीबीचको खेलमा राप्तीले १ विकेटको जीत हात पारेको छ । अन्तिम बलमा बलरले गल्ती गरेपछि खेलको नाटकीय अन्त्य भयो र नारायणीले जितिसकेको खेल गुमायो ।
अन्तिम ओभर नारायणीका दिपेश श्रेष्ठले बलिङ गरेका थिए । अन्तिम बल बाँकी छँदा राप्तीको स्कोर १३७ रन थियो । लक्ष्य १३९ को थियो । जीतका लागि राप्तीले १ बलमा कम्तीमा २ रन बनाउनुपर्ने थियो । १ रनले खेल टाइ भएर सुपरओभरमा जान्थ्यो ।
तर, अन्तिम बलमा बलर दिपेश श्रेष्ठले गल्ती गर्दा नारायणीले जितिसकेको खेल गुमायो । श्रेष्ठको बलमा राप्तीका कमल सिंह ऐरीले एरियल सट खेले । आकाशमा रहेको बल फिल्डरले क्याच पनि गरे । ऐरी क्याच आउट हुँदा खेल नारायणीले जित्ने थियो ।
तर दुर्भाग्य, बलर श्रेष्ठले ओभरस्टेप गरेका थिए । बलरले नो बल फालिदिँदा ब्याट्सम्यानले दौडेर १ रन लिए । नो बल वापतको एक रन जोड्दा त्यो बलमा कूल २ रन आयो जुन राप्तीलाई जीतका लागि पर्याप्त थियो ।







डिसी नेपाल








Facebook Comment