पुस १० गतेदेखि फिल्म हल खोल्ने चलचित्र संघको निर्णय
काठमाडौं। नेपाल चलचित्र संघले विगत ९ महिनादेखि बन्द रहेका फिल्म हलहरु आगामी पुस १० गते देखि सञ्चालन गर्ने बताएको छ। सोमबार एक विज्ञप्ती जारी गर्दै संघले कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण चैतदेखि बन्द रहेका फिल्म हल पुस १० गतेदेखि खोल्ने निर्णय भएको जनाएको छ।
सरकारले फिल्म हल खोल्न कुनैपनि चासो नदिएकाले बाध्य भएर यो निर्णय गर्नुपरेको संघकी अध्यक्ष मधुसुदन प्रधानद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ।
मुलुकभर हवाई यातायात, स्थल यातायात, होटेल, रेस्टुरेन्ट, व्यापार व्यबसाय पूर्णरुपमा सञ्चालनमा आइसकेको अवस्थामा पनि सरकारबाट चलचित्र घर सञ्चालनमा स्वप्कृति प्राप्त नभएको हुँदा संघले नेपाल सरकार र विश्वस्वास्थ्य संगठनको सुरक्षा मापदण्ड अपनाई चलचित्र घरहरु सञ्चालन गर्ने जनाइएको छ।
यस्तै कोरोना भाइरस महामारीका कारण सबैभन्दा धेरै प्रभावित चलचित्र क्षेत्रलाई सरकारले उपेक्षा गरेको जनाउँदै संघले सरकारसमक्ष केही माग राखेर चरवद्ध आन्दोलन गर्ने चेतावनी समेत दिएको छ।







डिसी नेपाल








Facebook Comment