बिबिएलको लागि सन्दीप अष्ट्रेलिया जादै

डिसी नेपाल
३० मंसिर २०७७ १०:०६
116
Shares

काठमाडौं । नेपाली स्टार क्रिकेटर सन्दीप लामिछाने बिग बास लिगका लागि अष्ट्रेलिया जादै छन । सन्दीपका म्यानेजर रमण सिवाकोटीका अनुसार मंगलवार उनी कतार एयरवेजको बिमान मार्फत नेपाली समय अनुसार बिहान ११ बजे अष्टे्रलिया प्रस्थान गर्नेछन । बिबिएलमा सन्दीप होर्बट हरीकेन्सबाट खेल्ने भएका छन ।

अष्ट्रेलिया पुगेपछि सन्दीप १४ दिन क्वारिन्टाईनमा बस्नेछन त्यहा उनको पिसिआर परिक्षण हुनेछ । पिसिआर रिर्पोट आएपछि मात्र उनी होर्बट हरीकेन्स टोलीसँग जोडिने छन । बिबिएल सुरु भईसकेको छ । यस अवधिमा उनले लिगका सुरुवाती ६ खेलहरु गुमाउनेछन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.