पिएम कप छनौट : सिरहा र महोत्तरीका महिला टोलीको विजयी शुरुआत
राजबिराज । प्रधानमन्त्रीकप राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि सप्तरीको राजबिराजमा मंगलवारबाट संचालित प्रदेश स्तरीय महिला छनौट क्रिकेट प्रतियोगिता अन्र्तगत सिरहारले सप्तरीलाई तथा महोत्तरीले बारालाई पराजित गर्दै विजयी शुरुवात गरेको छ । राज रंगशालामा भएको पहिलो खेलमा टस जितेर पहिले ब्याटिंङ गरेको सप्तरीले निर्धारित १४ ओभरको खेलमा ९ बिकेट गुमाउदै मात्र २७ बनायो । ब्यटिङको क्रममा सप्तरीका कुनै पनी खेलाडीले दोहोरो अंक छुन सकेनन, टोलीले १९ रन अतिरिक्त रनको रुपमा प्राप्त गरेको गर्यो । बलिंङतर्फ सिरहाका आरति चौधरीले ३ ओभर १ मेडन २ रन दिई ३ विकेट, अनुराधा चौधरी र सन्तोषी चौधरीले समान २–२ विकेट तथा सरस्वती चौधरी र कविता गौतमले सामान १–१ बिकेट लिईन ।२८ रनको झिनो लक्ष्य लिई मैदान ओर्लेको सिरहाले २ ओभर २ बलमा बिना कुनै विकेट लक्ष्य पुरा गर्यो । सिरहाका आरती चौधरी ७ तथा अनुराधा चौधरी ५ रनमा नटआउट रहिन । उत्कृष्ट बलिङ गरेकी सिरहाका आरती चौधरी म्यान आफ द म्याच बनिन ।
मंगलवार नै सम्पन्न अर्को खेलमा टस जितेर पहिले ब्याटिङ गरेको बाराले निर्धारित २० ओभरको खेलमा ८ बिकेट गुमाई ६८ रन बनायो । बाराका लागि पनि कुनै पनी खेलाडीले दोहोरो अंक छुन सकेनन । टोलीले ३१ रन अतिरिक्त रनको रुपमा पायो । बलिङ तर्फ महोत्तरीकी रेजी कडेरीले ४ ओभरमा १२ रन दिई ३ विकेट बिमला मगर, मानसि चौहान र शोभा आलेले सामान १–१ विकेट लिईन । ६९ रनको लक्ष्य लिएर मैदान ओर्लेको महोत्तरीले सहज रुपमै ७ ओभर २ बलमा २ विकेट गुमाएर लक्ष्य पुरा गर्यो । महोत्तरीका लागि बिमला मगरले नटआउट १९ तथा पुष्पा फुयालले १२ रन बनाईन । बलिङतर्फ बाराकी साना प्रबिन र चान्दनी अधिकारीले सामान १–१ विकेट लिईन । खेलको म्यानअफ द म्याच उत्कृष्ट बलिङ गरे वापत महोत्तरीका रोजि कडारी बनिन ।













डिसी नेपाल








Facebook Comment