जावलाखेल प्रशिक्षण केन्द्रमा कभर्डहलको शिलान्यास

डिसी नेपाल
३० मंसिर २०७७ २१:४२
32
Shares

ललितपुर । ललितपुरको जावलाखेलस्थित भलिबल प्रशिक्षण केन्द्रमा कभर्डहलको शिलान्यास गरिएको छ । एक कार्यक्रमका बीच आज ललितपुर महानगरपालिका–४ का अध्यक्ष नारायण केसी, वडा नम्बर १३ का अध्यक्ष गणेश केसी तथा प्रशिक्षण केन्द्रका अध्यक्ष माधव खड्काले संयुक्तरुपमा कभर्डहलको शिलान्यास गरेका हुन् । उक्त कभर्डहल वाग्मती प्रदेश सरकारको आर्थिक सहयोगमा बन्न लागेको हो ।

कभर्डहल पाँच महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको प्रशिक्षण केन्द्रका अध्यक्ष खड्काले जानकारी दिए । राष्ट्रियस्तरका भलिबल खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ कभर्डहल निर्माण गर्न लागिएको उनले बताए । कभर्डहल निर्माण गर्न वाग्मती प्रदेश सरकारले रु दुई करोड ४७ लाख बजेट विनियोजन गरेको छ । शिलान्यास कार्यक्रममा राष्ट्रिय खेलकूद परिषद् (राखेप)का बोर्ड सदस्य इन्दिरा निरौला, प्रशिक्षक कपिलकिशोर श्रेष्ठलगायत पदाधिकारीको उपस्थिति रहेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.