नाच्ने महामारीः जब सयौं मानिसहरु कैयौं दिनसम्म लगातार नाचेर मर्न थाले…

डिसी नेपाल
१ पुष २०७७ ११:५५
544
Shares

काठमाडौं। कोरोना महामारीले २०२० सालभरी विश्वलाई आक्रान्त पार्यो । अहिले विश्वले सामान्य स्थिति आउने प्रतिक्षा गरिरहेको छ । विश्वलाई यस्ता महामारीहरुले बेलाबेलामा सताउने गरेका छन् । तर, आजभन्दा ५ सय वर्ष अगाडि भने एउटा यस्तो विचित्र महामारी आएको थियो जसको बारेमा अझैसम्म पनि राम्रोसँग बुझ्न सकिएको छैन । सन् १५१८ को जुलाइ महिनामा आएको यो महामारीलाई ‘डान्सिङ प्लेग’ भनिन्छ ।

यो महामारी फ्रान्समा देखिएको थियो । यसबाट ग्रस्त मानिसहरु लगातार नाच्न सुरु गर्थे । उनीहरु नाच्न सुरु गरेपछि मृत्यु नहुँदासम्म लगातार नाचिरहन्थे । उनीहरुको नाच्दा नाच्दै मृत्यु हुन्थ्यो । १४ जुलाइ १५१८ मा फ्रान्सको स्ट्रेसबर्ग शहरमा सबै सामान्य थियो । तर, अचानक फ्र त्रोफिया नामकी नामकी महिला सडकमा नाच्न थालिन् । उनी लगातार नाचिरहेकी थिइन् । उनी लगातार एक हप्तासम्म नाचिरहिन् ।

यी महिला नाच्न थालेपछि विस्तारै यो समस्या अरुमा पनि देखिन थाल्यो । एक हप्तामा झण्डै ३ जना अरु मानिसहरु पनि नाच्न थालिसकेका थिए । अगष्ट महिनासम्म करिब ४ सय जना यो समस्याबाट पीडित भइसकेका थिए । यी नाच्ने मानिसहरु हृदयाघात, थकान र स्ट्रोकका कारण मरिरहेका थिए । शहर प्रशासनले यो नाच्ने महामारी नियन्त्रण गर्न व्यवसायिक संगीतकारहरु पनि बोलायो । ठूलो डान्स स्टेज बनाइयो । उनीहरुलाई यसो गरेपछि यो नाच्ने पागलपन समाप्त हुन्छ भन्ने लागेको थियो तर त्यसो भएन ।

जोन वालर नामका इतिहासकारले हिस्ट्री डटकमसँग कुरा गर्दै बताएअनुसार १६ औं शताब्दीमा एक क्याथोलिक सन्तको बारेमा बताइन्थ्यो । उनले मानिसहरुलाई यस्तो श्राप दिन सक्थे जसले डान्सको महामारी फैलाउन सक्थ्यो भन्ने पनि कुरा गरिन्थ्यो । १५१८ मा स्ट्रेसबर्गमा खडेरी र रोगले मानिसहरुलाई निकै सताएको थियो । कहीँ न कहीँ यो तनाव र अन्धविश्वासले त्यहाँका मानिसहरुमा उन्मादी व्यवहार निर्माण गरिरहेको थियो जसले पूरै शहरलाई गाँजेको थियो ।

यसका अलावा अन्य थ्योरीहरु पनि प्रचलित छन् । केहीले यी नाच्ने मानिसहरु एक डान्स कल्ट समूहका सदस्य थिए र उनीहरुले एरगोट नामको एक फंगसको सेवन गरेकाले उनीहरु होस हवास गुमाएर अर्कै संसारमा पुगेको पनि विश्वास गर्छन् । यो फंगस एलसीडी नामको विवादित ड्रग्समा पनि पाइन्छ । आधुनिक मेडिकल भाषामा यसलाई मनोवैज्ञानिक रोग भनिएको छ । यो एक यस्तो रोग हो जसमा मानिस मनोवैज्ञानिक कारणबाट विचित्र व्यवहार गर्न सक्छन् । यद्यपि आजसम्म पनि यो नाच्ने महामारीको सही कारण थाहा हुन सकेको छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.