अष्ट्रेलियाविरुद्धको पहिलो टेष्टका लागि भारतीय खेलाडीको घोषणा
एजेन्सी ।अष्ट्रेलियाविरुद्ध पहिलो टेष्टको लागि भारतीय खेलाडीको सुची सार्वजनिक भएको छ । बुधबार बीसीसीआईले अष्ट्रेलियाविरुद्धको खेलका लागि खेलाडीको नाम सार्वजनिक गरेको हो । चार टेष्टको सिरिजअन्तर्गत बिहिबारबाट अष्ट्रेलियाको एडिलेडमा पहिलो टेष्ट सुरु हुँदै छ ।
उक्त खेलका लागि भारतीय टोलीमा कप्तान विराट कोहलीसंगै मयाङ्क अग्रवाल, पृथ्वी शा, चेतेश्वर पुजारा, अजिख्य रहाने, हनुम बिहारी, रिद्दिमान शाह, रविचन्द्रन आश्विन, मोहमद शामी, उमेश यादब र जसप्रित बुम्राह रहेका छन् ।
अष्ट्रेलिया भ्रमणमा रहेको भारतले यसअघि एकदिवसीय र टी ट्वान्टी सिरिज खेलिसकेको छ । एकदिवसीय अन्तराष्ट्रिय सिरिज अष्ट्रेलियाले २–१ ले हात पार्दा भारतले टी ट्वान्टी सिरिज कब्जा गरेको थियो ।

प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment