बार्सिलोनासँगको हारपछि सोसिडाड दोस्रो स्थानमा

डिसी नेपाल
२ पुष २०७७ ११:४८
292
Shares

काठमाडौं । बार्सिलोनाले शिर्ष स्थानको रियल सोसिडाडलाई २–१ ले पराजित गरेको छ । हारसँगै स्पेनिस ला लिगाको शिर्ष स्थानमा रहेको सोसिडाड दोस्रो स्थानमा झरेको छ । बार्सिलोना भने जितसँगै तीन अङ्क जोड्दै आठौं स्थानबाट दुई स्थान माथि उक्लेको छ । बार्सिलोनाको हाल २० अङ्क रहेको छ । एटलेटिको मड्रिड, रियल सोसिडाड र रियल मड्रिडको सामान २६ अङ्क रहेपनि पहिलो, दोस्रो र तेस्रो स्थानमा छन् ।

विलियम जोस डा सिल्भाले २७ औं मिनेटमा गोल गर्दै रियल सोसिडाडलाई १–० को अग्रता दिलाए । तर उक्त अग्रता लामो समय सम्म टिक्न सकेन । बार्सिलोनाका लागि जोर्डी अल्बाले ३१ औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई १–१ को बराबरीमा ल्याए । पहिलो हाफ सकिन दुई मिनेट मात्रै बाँकी छँदा फ्रेन्किी डी जोङ्गले अल्बाको क्रसलाई गोलको दिशा दिदै बार्सिलोनाका लागि जित सुनिश्चित गरे । सुरुमा उक्त गोल अफसाइड दिइएको थियो । तर भिडियो सहयोगले स्पष्ट गरेपछि बार्सिलोनाको जित सुनिश्चित गर्दै पाँचौं स्थानमा पुर्यायो ।
रियल सोसिडाडले आफ्नो पछिल्लो छ खेल बराबरी खेलेको थियो । खेलको उत्तराद्र्धतिर जोस र अलेक्जेण्डर इसाकको प्रयासलाई बार्सिलोनाका गोलरक्षक मार्क आन्द्रे टेरस्टिजनले असफल तुल्याएपछि ऊ हार बेहोर्न बाध्य भयो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.