सुन चाँदीको मूल्य बिहीबार पनि बढ्यो

डिसी नेपाल
२ पुष २०७७ १२:४३
476
Shares

काठमाडौं । साताको पाँचौं दिन बिहीबार सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको छ।

बुधबार छापावाला सुनको मूल्य प्रतितोला ८ सयले बढेकोमा बिहिबार ४ सयले बढेको हो। बुधबार ९३ हजार १ सय रुपैयाँमा कारोबार भएको सुन बिहीबार बढेर ९३ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यस्तै, तेजावी सुनको मूल्य प्रतितोलाको ९३ हजार ५० रुपैयाँ रहेको छ।

त्यसैगरी बिहिबार चाँदीको मूल्य पनि बढेको छ। प्रतितोला २५ रुपैयाँले बढेको चाँदी १२ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.