भारतप्रति अमेरिका कठोर, भारतलाई चीनसँगै ‘निगरानी सूची’मा राख्यो

डिसी नेपाल
२ पुष २०७७ १४:५३
4.3k
Shares

काठमाडौं। अमेरिकाले भारतप्रति कठोर रवैया अपनाउँदै उसलाई चीन, ताइवान लगायतका १० देशहरुको साथमा करेन्सी मेनीपुलेटर्स अर्थात मुद्रामा हेरफेर गर्ने देशहरुको निगरानी सूचीमा राखेको छ । अमेरिकाले भारतसहित जुन देशहरुलाई यो सूचीमा राखेको छ ती सबै उसका ठूला व्यापारिक साझेदार हुन् ।

यो निगरानी सूचीमा भारत, चीन, ताइवान, जापान, दक्षिण कोरिया, जर्मनी, इटली, सिंगापुर, थाइल्याण्ड र मलेसिया छन् । अमेरिकाले भियतनाम र स्विजरल्याण्डलाई यसअघि नै करेन्सी मेनिपुलेटर्सको सूचीमा राखिसकेको छ । अमेरिकाको अर्थ मन्त्रालयले बुधबार संसदमा पेश गरेको रिपोर्टमा यसको जानकारी दिइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.