प्रहरीका इन्स्पेक्टरको कतुर्त : गर्भवती भएपछि बिहे, श्रीमती बनेपछि गर्भपात

डिसी नेपाल
२ पुष २०७७ २१:५०
1.9k
Shares

काठमाडौं। श्रीमतीको इच्छाविपरीत गर्भपतन गराएको आरोपमा प्रहरी नीरिक्षक ध्रुव शर्मा पक्राउ परेका छन्। पोखराको वडा प्रहरी कार्यालय बैदाम कास्कीमा कार्यरत निरीक्षक शर्मालाई जिल्ला प्रहरी कार्यालय पर्वतले पक्राउ गरी अनुसन्धान शुरु गरेको हो।

जिल्ला प्रहरी कार्यालय म्याग्दीमा छँदा सोही स्थानकी युवतीसँग प्रेम विवाह गरेका शर्माले विवाह गरेको केही दिनमै पर्वतको एक स्वास्थ्य क्लिनिकमा गर्भपतन गराएका उजुरी परेपछि उनलाई अनुसन्धानका लागि पक्राउ गरिएको हो।

प्रेम सम्बन्धमा रहँदा शारीरिक सम्पर्क पछि गर्भ रहेको र विवाहपछि जबर्जस्ती गर्भपतन गराएको आरोप लागेको छ। जिल्ला प्रहरी कार्यालय पर्वतले जिल्ला अदालतबाट १० दिनको म्याद लिई शर्मामाथि अनुसन्धान सुरु गरेको जनाएको छ।

गर्भपतन गराएर बहुविवाह गरेको आरोपमा आफन्तले जाहेरी दर्ता गरेका थिए। श्रीमतीको गर्भ पतन गराएपछि शर्मा म्याग्दीबाट पोखराको बैदाम सरुवा भएका थिए। श्रीमतीका माइती पक्षले डर देखाएर जबरजस्ती गर्भपतन गराएको र पोखरामा छुट्टै विवाह गर्न अर्की युवतीसँग टीकाटालो गरेका जाहेरीमा उल्लेख गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.