‘चाकानचुकुन’मा नाजिर र लक्ष्मी (भिडियो)
काठमाडौं । पछिल्लो समय म्यूजिक भिडियोको निर्माण ह्वात्तै बढेको छ । सयौंको संख्यामा दैनिक भिडियोहरु सार्वजनिक भइरहेका छन् । भिडियोहरुको यही भिडमा आफ्नो छाप छाड्न ‘चाकानचुकुन’ बोलको एक अर्को गीतको भिडियो सार्वजनिक गरिएको छ ।
गीतमा बाबुल गिरी र नित्याशिवाले स्वर दिएका छन् । शंकर अधिकारीको शब्द रहेको गीतमा संगीत तथा एरेञ्ज स्वयंम गायक गिरीकै रहेको छ । गितको भिडियोमा अभिनेता नाजिर हुसेन, लक्ष्मी बर्देवा, सुनिल थापा र पवन (म्याकुरी)लाई प्रमुख भुमिकामा देख्न सकिन्छ ।
गीतको भिडियोलाई सुरेन्द्र मल्लले निर्देशन गरेका छन् भने नृत्य निर्देशन सियोन श्रेष्ठको रहेको छ । सरोज भुजेलले छायांकन गरेको भिडियोलाई शिलन लम्सालले सम्पादन गरेका छन् ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment