तेस्रो सहाना प्रधान स्मृति महिला राष्ट्रिय हक्की प्रतियोगिता माघमा हुने
काठमाडौं । नेपाल हक्की संघको आयोजनामा तेस्रो सहाना प्रधान स्मृति महिला राष्ट्रिय हक्की प्रतियोगिता यस बर्षको माघ महिनामा हुने भएको छ । सुदुरपश्चिम प्रदेशको महेन्द्र नगरमा हुने प्रतियोगितामा सात प्रदेशका टोलीहरु सहित तीन बिभागिय टोलीहरुले सहभागिता जनाउने भएका छन । प्रतियोगिता सुदुरपश्चिम प्रदेश सरकारको समाजिक विकास मन्त्रालय, भिमदत्त नगरपालिका र नेपाल हक्की संघको संयुक्त आयोजनामा हुने संघका केन्द्रिय सदस्य मनोज शर्माले जनाएका छन ।
कोरोनाको कारण खेलकुद प्रतियोगिताहरु ठप्प रहेको अवस्थामा हक्कीले राष्ट्रिय प्रतियोगिता मार्फत पुनरागमन गर्न लागेको हो । कोरोना पछिको नेपालमा हक्की संघले गर्न लागेको यो पहिलो प्रतियोगिता हो । स्वर्गीय सहाना प्रधानको स्मृति दिवसको अवसर पारेर नेपाल हक्की संघले विगत दुई बर्षदेखी राष्ट्रिय प्रतियोगिता आयोजना गर्दै आएको छ । प्रतियोगिताको पहिलो संस्करण नेपाल आर्मीको महिला टोलीले जितेको थियो भने दोस्रो संस्करणको उपाधि लुम्बनी प्रदेशले हात पारेको थियो । त्यस्तै नेपाल हक्की संघले माघ महिनामै राजेश स्मृती पहिलो राष्ट्रिय पुरुष हक्की प्रतियोगिता पनि गर्ने भएको छ । सुदुरपश्चिम प्रदेशको महेन्द्र नगरमा हुने प्रतियोगिता पूर्व राष्ट्रिय हक्की खेलाडी स्वर्गीय राजेश बिष्टको सम्झनामा हुने भएको छ । एक दुर्घटनामा असायमिक ज्यान गुमाएका पूर्व खेलाडी बिष्टले भारतको भोपालमा भएको विश्व स्कुल च्याम्पियनशिपमा नेपाली टोलीको उपकप्तानको भुमिका निर्वाह गरेका थिए । बिष्टको सम्झनामा नेपाल हक्की संघले हरेक बर्ष राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने जनाएको छ ।







डिसी नेपाल








Facebook Comment