प्रकृति संरक्षण कोषको सदस्य सचिवमा अधिकारी नियुक्त

डिसी नेपाल
३ पुष २०७७ २२:२६
80
Shares

काठमाडौं । राष्ट्रिय प्रकृति संरक्षण कोषको सदस्य सचिवमा शरदचन्द्र अधिकारी नियुक्त भएका छन् । अधिकारीलाई कोषका अध्यक्ष एवं वन तथा वातावरण मन्त्री शक्ति बस्नेतले सदस्यसचिवमा नियुक्त गरेका हुन् ।

उनी राष्ट्रिय प्रकृति संरक्षण कोष ऐन, २०३९ (संशोधनसहित) को दफा ५ चको व्यवस्था बमोजिम पाँच वर्षका लागि नियुक्त भएका हुन् । उनले यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको जनसम्पर्क तथा सञ्चार विज्ञका रूपमा काम गरेका छन् ।

अधिकारीले कोषको सूचना तथा जनसम्पर्क अधिकृतका रुपमा साथै बिभिन्न सञ्चारमाध्यममा पनि काम गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.