अमेरिकाको परमाणु हतियार रेखदेख गर्ने सिस्टममा हालसम्मकै ठूलो साइबर आक्रमण

डिसी नेपाल
४ पुष २०७७ ०:१७
748
Shares

वाशिंगटन् (एजेन्सी)। अमेरिकाको ऊर्जा विभागमा हालसम्मकै ठूलो साइबर आक्रमण भएको छ। अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार अमेरिकी ऊर्जा विभागले अमेरिकी परमाणु हतियारको रेखदेख गर्छ।

अमेरिकी अधिकारीहरुले विभागमा साइबर आक्रमण भएको पुष्टि गरे पनि परमाणु हतियारको भण्डारणमा भने कुनै समस्या नभएको जनाएका छन्।
तर अमेरिकी इतिहासमा यसलाई हालसम्मकै ठूलो र भयानक साइबर आक्रमण भनिएको छ। ह्याकरले अमेरिकी सरकारी सिस्टममामात्र नभएर विभिन्न निजी कम्पनीहरुको सिस्टममा पनि ह्याक गरेको जनाइएको छ।

साइबर सुरक्षा सम्बन्धी अमेरिकी एजेन्सी सिसाले यो ठूलो साइबर आक्रमण भएको र हालसम्म यसले कहाँ कहाँ क्षति भयो भन्नेबारे अनुसन्धान भइरहेको जनाएको छ। आईटी कम्पनी माइक्रोसफ्टले पनि आफ्नो सिस्टममा खतरनाख सफ्टवेर फेला परेको जनाएको छ।

अमेरिकी अधिकारीहरुले २०२० को मार्चदेखि साइबर आक्रमण भएको जनाएका छन्। तर, यो साइबर आक्रमण कसले किन ग्रयो भन्नेबारे भने केही खुलाइएको छैन। तर, केही अमेरिकी सञ्चार माध्यमहरुले रुसले यो साइबर आक्रमण गरेको हुन सक्ने बताएका छन्। तर, रुसले भने यस्तो आरोपलाई खारेज गरिदिएको छ।

बीबीसीले यो साइबर आक्रमणलाई जासुसी भएको हुन सक्ने बताएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.