पार्टीको विवाद चर्किरहेका बेला प्रधानमन्त्री ओली प्रचण्ड भेट्न खुमलटार जाँदै

डिसी नेपाल
४ पुष २०७७ ९:४९
112
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अर्का अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड)लाई भेट्न खुमलटार जाने भएका छन्। पार्टीको विवाद चर्किरहेका बेला ओली प्रचण्डलाई भेट्न खुमलटार जाने भएका हुन्।

शुक्रबार मात्र प्रचण्ड–नेपाल पक्षले प्रदेश १ का जिल्ला अध्यक्ष र सचिवहरुसँग छलफल गरेको थियो। अध्यादेश फिर्ता नलिए ‘एक्सन’ लिने चेतावनी प्रचण्डले दिएको खबर बाहिरिए पश्चात प्रधानमन्त्री ओली खुमलटार जान थालेका हुन। स्रोतका अनुसार ओलीले प्रधानमन्त्रीको पद सम्हालेपछि पहिलो पटक खुमलटार पुगेर प्रचण्डलाई भेट लागेका हुन्।

नेकपाको स्थायी कमिटीको बैठकको पूर्वार्धमा ओली पहिलोपटक खुमलटारमा गएर प्रचण्डसँग भेट्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ। पार्टी भित्रको विवाद चर्कि रहेका बेला हुने भेटमा के विषयमा कुरा हुन्छ भन्ने जानकारी बाहिर नआएको स्रोतले जानकारी दियो।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.