साइबर आक्रमणको निशानामा परेको अमेरिकामा अझै खतरानाक आक्रमणको त्रास !
काठमाडौं। रुसको संलग्नता रहेको मानिएको पहिलो साइबर आक्रमणको क्षतिको मूल्यांकन गर्दै गर्दा यसले अमेरिकामा अर्को त्रास बढाएको छ । मिसाइल र आणविक हतियार नियन्त्रण गर्ने सरकारको ऊर्जा विभागको राष्ट्रिय आणविक सुरक्षा प्रसाशनसहितका सरकारी निकायमा ठूलो घुसपैठ भएको सार्वजनिक भइरहँदा अमेरिकाका संघीय अधिकारीहरुले अझै खराब स्थिति आउन बाँकी नै रहेको संकेत गरेका छन् ।
युएसए टुडेका अनुसार डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको साइबर सुरक्षा युनिटले आक्रमणको पूरै क्षेत्रबारे अहिलेसम्म जानकारी नआइसकेको बताएको छ । उसले स्थानीय सरकार र निजी षेत्रका ठूलो संख्याका साइबर प्रणालीहरु गम्भीर खतरामा रहेको बताएको छ । संघीय अधिकारीहरुले यो आक्रमणको सिलसिला गएको मार्चबाट सुरु भएको पत्ता लगाएका छन् तर कुन कुन सरकारी एजेन्सीमा के कति क्षति भयो भन्ने स्पष्ट छैन । सरकारको विदेश विभाग, होमल्याण्ड सेक्युरिटी, वित्त र वाणिज्य विभागमा आक्रमण भएको थाहा भएको छ तर त्यहाँ कति नोक्सानी भयो र कति सूचना चोरियो भन्ने थाहा छैन ।
साइबरसेक्युरिटी युनिटका अनुसार यसअघि यो आक्रमण जानकारीमा थिएन त्यसैले यो अवधिमा के कति क्षति भयो भन्ने प्रस्ट बताउन कठिन छ । युनिटका अनुसार यो प्रणालीमा ह्याकरहरुले आफ्नो प्रणाली प्रवेश गराइसकेकोले यसलाई रोक्ने क्रममा भविष्यमा झनै ठूलो समस्या पनि आउन सक्छ । देशका सबै विभागले यस विषयमा सचेत हुनुपर्ने बताइरहँदा ह्वाइट हाउस भने यस विषयमा रहस्यमय तरिकाले मौन छ ।
शुक्रबार सिनेटर मिट रोम्नीले यस विषयमा राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रतिक्रियाको अभाव असाधारण भएको बताएका छन् । उनले यसरी सुरक्षा प्रणाली नै ह्याक हुँदा रुसी बमवर्षक विमानहरु अमेरिकी आकाशमा उडिरहेको र अमेरिकी प्रणालीले तिनीहरुलाई पत्ता लगाउन नसकेको बताए ।







डिसी नेपाल








Facebook Comment