‘यो भन्दा ठूलो यातना जीवनमा हुन सक्दैन’

डिसी नेपाल
४ पुष २०७७ १४:२६
892
Shares

काठमाडौं। बलिउड महानायक अमिताभ बच्चनले निकै ठूलो यातना सहनु परेको बताएका छन् । सामाजिक संजालमा सक्रिय रहने अमिताभले पछिल्लो समय ट्वीटरमा दुई तस्वीर शेयर गरेका छन् । तस्वीरमा उनका दुई हातमा एउटामा रसगुल्ला र अर्कोमा गुलाब जामुन छ । तस्वीरमा उनी निकै खुसी देखिरहेका छन् तर फोटोको क्याप्सनमा भने उनले जीवनकै ठूलो यातना सहनुपरेको बताएका छन् ।

अमिताभले क्याप्सनमा लेखेका छन् ‘जब गुलियो खान छोडें त्यसपछि शुटिङमा हातमा रसगुल्ला र गुलाबजामुन थमाइदिए अनि भने यस्तो भाव देखाउनु कि भर्खरै खाएर निकै स्वादिष्ट लागिरहेको छ । यो भन्दा ठूलो यातना जीवनमा हुन सक्दैन ।’ कौन बनेका करोडपतिमा सक्रिय अमिताभ बच्चनले अहिले केही विज्ञापनमा पनि काम गरिरहेका छन् । यो शुटिङ विज्ञापनको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.