पहिलो टेष्टमा भारतको लज्जास्पद हार
काठमाडौं । अष्ट्रेलियासँगको पहिलो टेष्टमा भारत ८ विकेटले पराजित भएको छ । एडिलेडमा भएको पहिलो टेष्टमा भारतले लज्जास्पद हार ब्यहोरेको हो । तेस्रो दिनको खेलमा भारतले ९० मिनेटमै ९ विकेट गुमाएर मात्र ३६ रन बनायो भने मोहमद शामी चोट बोक्दै मैदान छाडेका थिए ।
अष्ट्रेलियाले जितका लागि मात्र ९० रनको लक्ष्य पाएको थियो । घरेलु टोलीले मात्र दुई विकेट गुमाएर लक्ष्य पुरा गर्यो । स्टिव स्मिथ १ र जो बन्र्स ५१ रनमा अविविजत रहे । तेस्रो दिन भारतीय टिमले २७ रन बनाउन ८ विकेट गुमाएको थियो । अष्ट्रेलियाका जोश हेजलउडले ५ तथा प्याट कमिन्सले ४ विकेट लिए ।
भारतीय टिमका कुनैपनि ब्याट्सम्यानले दोहोरो अंकको स्कोर छुन सकेनन् । भारतले टेष्ट क्रिकेटको ईतिहासमा सबैभन्दा कम स्कोर बनायो । यसअघि उसले ४२ रनको न्युन स्कोरको खराब रेकर्ड बनाएको थियो ।
पहिलो ईनिङ्समा भारतीय टिमले २ सय ४४ रन बनाएको थियो । जवाफमा अष्ट्रेलियाले १ सय ९१ रन मात्र बनाउन सक्यो । शुक्रबार ५३ रनको अग्रता लिएको भारतीय टिमले तेस्रो दिनमै खेल अष्ट्रेलियालाई सुम्पिएको हो ।







डिसी नेपाल








Facebook Comment