प्रदेश स्तरीय महिला क्रिकेटको फाईनलमा सिरहा र महोत्तरी भिड्ने
राजबिराज । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत सप्तरीको राजबिराजमा संचालित प्रदेश स्तरीय महिला क्रिकेट प्रतियोगिताको फाईनलमा आईतवार सिरहा र महोत्तरी एक आपसमा भिडने भएका छन । प्रतियोगिता अन्र्तगत शनिवारको खेलमा सप्तरीलाई बाराले सहजै १० बिकेटले पराजित गर्दे र सर्लाहीलाई महोत्तरीले ९ बिकेटले पराजित गर्दे फाईनलमा स्थान सुरक्षित गरेको हो ।

शनीवार भएको पहिलो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको सप्तरीले निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाउदै ९३ रनको योगफल तयार पार्यो । सप्तरीका लागि अन्जली चौधरीले १८ र श्रृजना चौधरीले अविजित ११ रनको योगदान दिईन । बलिङ तर्फ बाराका लागि साना प्रबिनले २ तथा प्रियंका गुप्ता र निशा गिरीले सामान १–१ विकेट लिईन । ९४ रनको झिनो लक्ष्य लिई मैदानमा ओर्लेको बाराले ६ ओभर ६ बलमा बिना कुनै विकेट गुमाई सहजै लक्ष्य पुरा गर्यो । बाराका लागि रचना अर्याल ३० तथा प्रतिमा अर्यालले ३३ रनको योगदान दिदै अविजित रहिन । खेलको म्यान अफ द म्याच बाराका प्रतिमा साह भईन ।

शनिवारनै सम्पन्न अर्को खेलमा टस जितेर पहिले ब्याटिङ गरेको सर्लाहीले निर्धारित २० ओभरको खेलमा १८ ओभर २ बलमा सबै विकेट गुमाउदै ८८ रनको योगफल तयार पार्यो । सर्लाहीका लागि दुर्गा कार्की २० रन बनाउनु बाहेक अन्य खेलाडीहरुले दोहोरो अंक छुन सकेनन । बलिङ तर्फ महोत्तरीकी रोजि कडारीले ३ विकेट लिदा बिमला मगर, पुष्पा फुयाल र शोभा आलेले सामान २–२ विकेट लिईन । ८९ रनको झिनो लक्ष्य लिई मैदानमा ओर्लेको महोतरीले १० ओभर ४ बलमा १ विकेट गुमाउदै सहजै लक्ष्य पुरा गर्यो । महोत्तरीका लागि गोमा आलेले उत्कृष्ट ब्याटिङ गर्दै ३९ बलमा ९ चौक्काको मद्धतले अविजित ५२ रनको अर्धसतकिय योगदान दिदा रोजी कडारी १६ रनमा अविजित रहिन । सर्लाहीका लागि एक मात्र विकेट दुर्गा कार्कीले लिईन । खेलको म्यान अफ द म्याच उत्कृष्ट ब्याटिङ गरे वापत गोमा आलेले पाईन ।











डिसी नेपाल








Facebook Comment