वासिङ्टनमा मार्च ३१ सम्म स्वास्थ्य सङ्कटकाल

डिसी नेपाल
४ पुष २०७७ १९:४४
32
Shares

वासिङ्टन(एजेन्सी) । अमेरिकाको वासिङ्टन डिसीमा स्वास्थ्य सङ्कटकालको समयावधि लम्व्याइएको छ । स्वास्थ्य सङ्कटकाल आगामी मार्च ३१ सम्मका लागि कायमै राख्ने निर्णय भएको मेयरको कार्यालयले जनाएको छ।

“आज मेयर मुरिएल बोसेरले एउटा आदेश जारी गर्दै कतिपय गतिविधिमा प्रतिवन्ध लगाउनु भएको छ,” कार्यालयका एक अधिकारीले भने।

स्वास्थ्य सङ्कटकाल लगाइएको बारेमा सरकारी अधिकारीले शुक्रबार बेलुका जानकारी दिएका हुन्।

विषेश गरेर क्रिसमस र नयाँ बर्ष मनाउनका लागि धेरै भीडभाड तथा चहलपहल हुने र त्यही क्रममा कोरोनाभाइरसको सङ्क्रमण थप फैलिने खतरा देखिएकाले सङ्कटकाल लम्ब्याइएको उनीहरुको भनाइ छ।

विश्व स्वास्थ्य संगठनले गत बर्षको मार्च ११ तारिखमा कोरोनाभाइरसको असरलाई महामारी घोषणा गरेको थियो।

कोरोनाभाइरसका कारण विश्वभरी अहिलेसम्म सात करोड ५६ लाखभन्दा बढी मानिस सङ्क्रमित भएका छन् भने १६ लाख ७० हजारभन्दा बढीको मृत्यु भएको छ।

ती मध्ये सबैभन्दा धेरै अमेरिकामा मात्रै तीन लाख १३ हजारभन्दा बढीको मृत्यु भएको र एक करोड ७४ लाखभन्दा बढी सङ्क्रमित भएको अधिकारीले जनाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.