पिएम कप छनौट : मोरङ र उदयपुर विजयी
काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताका अन्तर्गत प्रदेश स्तरीय छनौट खेलमा मोरङले सुनसरीलाई र उदयपुरले इलामलाई पराजित गरेको छ । शनिबार भएको खेलमा टस जितेर सुरुमा ब्याटिङ गरेको सुनसरीले ४९.५ ओभरमा आफ्नो सबै विकेट गुमाएर १ सय ९५ रनको योगफल खडा गर्यो । टोलीका लागि गौरभ कटवालले ४० रन , राकेश सोनिले ३८ रन र भुपाल लुईटेलले ३४ रन बनाए । बलिङतर्फ मोरङका सरवन यादव र फिर्दोस अन्सारीले समान २–२ विकेट लिदा आशिष् श्रेष्ठ , मुकुन्द यादव , सिद्धान्त लोहनी र दिपेश कडेलले पनि समान १–१ विकेट लिए ।सुनसरीमाथि ३ विकेटको जित हासिल गर्ने क्रममा मोरङका फिर्दोस अन्सारीले अर्धशतकीय पारी खेले । अविजित रहेका उनले ९४ बलको सामना गर्दै ८ चौकासहित ६० रनको योगदान दिए । यस्तै टोलीका लागि राजन मगरले ४६ रन , सिद्धान्त लोहनीले २२ रन र रबि रोयले १९ रन जोडे । बलिङतर्फ सुनसरीरका जोशक खड्का र गौरभ कटवालले समान २–२ विकेट लिदा सोनु मण्डल र विकल्प आचार्यले समान १–१ विकेट लिए ।
यस्तै शनीवार भएको अर्को खेलमा उदयपुरले इलामलाई ४८ रनले पराजित गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको उदयपुरले २४ ओभर ४ बल खेल्दै सबै विकेट गुमाएर १५२ रन बनायो । बलिङ तर्फ ईलामका लागि हेमन राईले ४, प्रज्वल खत्री र योगेस बिकले समान २–२ तथा साहिल घिसिङले एक विकेट लिए । एक सय ५३ रनको लक्ष्य लिएर मैदान ओर्लेको ईलामको टोली १०४ रनमै अलआउट भयो । टोलीका लागि रोशन बोहराले ४९ रनको पारी खेल्दा अन्य खेलाडीहरुले खासै राम्रो प्रदर्शन गर्न सकेनन । बलिङ तर्फ उदयपुरका लागि आकाश सेवाले ४, दिपक जोशीले ३, तथा प्रकाश सुबेदी र बिप्लब बस्नेतले समान १–१ विकेट लिए ।







डिसी नेपाल








Facebook Comment