क्रिस्टल प्यालेसको पोस्टमा लिभरपुलको ७ गोल
काठमाडौं । ईंग्लिस प्रिमियर लिगमा फुटबलमा लिभरपुलले क्रिस्टल प्यालेसलाई फराकिलो अन्तरले हराएको छ । शनिबार भएको खेलमा लिभरपुलले प्यालेसको पोस्टमा ७ गोल प्रहार गरेको हो । तर क्रिस्टल प्यालेसले भने एक गोल पनि फर्काउन सकेन ।
क्रिस्टल प्यालेसको घरेलु मैदानमा भएको खेलमा लिभरपुलका मोहम्मद सलाह र रोबर्टाे फर्मिनोले २ गोल गरे । यस्तै ताकुनि मिनामिनो, साडियो माने र जोर्डन हेन्डरसनले १÷१ गोल गरे । खेल सुरु भएको ३ मिनेटमै लिभरपुलका ताकुनि मिनामिनोले गोल गर्दै अग्रता दिलाएका थिए । यस्तै ३५ औँ मिनेटमा मानेले गोल गरेर अग्रता दोब्बर बनाए । यसैगरी फर्मिनाले ४४ औँ र ६८ औँ मिनेटमा दुई गोल गरे भने खेलको ५२ औँ मिनेटमा हेन्डरसने गोल गरे । मोहम्मद सलाहले ८१ र ८४ मिनेटमा गोल गर्दै टिमलाई फकिलो जित दिलाए ।
जितसँगै तालिको शीर्षस्थानमा रहेको लिभरपुलले दोस्रो स्थानको टोटेनहमसँग ६ अंकको दुरी बढाएको छ । टोटेनहम २५ अंकका साथ दोस्रो स्थानमा रहेको छ ।







डिसी नेपाल








Facebook Comment