अष्ट्रेलियामा कप्तानलाई आउट गर्दै १५ बर्षीय यी खेलाडीले बनाए इतिहास

डिसी नेपाल
४ पुष २०७७ २२:०४
752
Shares

काठमाडौं । अफगानिस्तानका १५ बर्षीय बलर नूर अहमदले बिग बास लिगमा तहल्का मच्चाएका छन । अफगानिस्तानका यी युवा खेलाडीले मेलबर्न रेनेगेड्स र होबार्ट हरिकेनेसको बिरूद्धको खेलमा इतिहास बनाएका छन। उनी बिग बास लिग खेल्ने सबैभन्दा कान्छो खेलाडी बनेका छन्। यति मात्र होइन उनले खेलमा एक विकेट लिएर ठूलो उपलब्धि हासिल गरेका छन। अहमदले हरिकेनेसका कप्तान पीटर ह्यान्डस्कोम्बलाई आफ्नो शिकार बनाउदै बिग बास लिगमा विकेट लिन सबैभन्दा कान्छो खेलाडी बनेका छन। खेलमा उनले ४ ओभरमा २७ रन दिदै एक विकेट लिएका थिए ।

अहमदले ह्यान्डस्कोम्बलाई १३ रनको ब्यक्तिगत स्कोरमा फ्रेजर म्याक गुर्कको हातबाट क्याच आउट गराएका थिए। तरपनि होबार्ट हरिकेनेसले खेल ६ विकेटले जित्न सफल भयो। पहिले ब्याटिङ गरेको मेलबोर्नले ५ विकेटको क्षतिमा १५७ रन बनाएको थियो। एक सय ५८ रनको लक्ष्य पछ्याएको होबार्टले १७.४ ओभरमा ४ विकेट गुमाउदै १६१ रन बनाएर खेल जित्यो। होबार्टका लागि बेन म्याकडर्मोन्टले अविजित ८९ रन बनाएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.