नेदरल्याण्ड सरकारले बेलायतबाट आउने उडानमा प्रतिबन्ध लगायो

डिसी नेपाल
५ पुष २०७७ १०:२७
68
Shares

काठमाडौं। नेदरल्याण्ड सरकारले बेलायतबाट हवाइ यात्रामा प्रतिबन्ध लगाएको छ । बेलायतमा नयाँ स्ट्रेनको कोरोनाभाइरस भेटिएपछि नेदरल्याण्डले यस्तो गरेको हो । बेलायतका केही भागमा तेस्रो पटक लकडाउन लागू गराउने स्थिति ल्याएको यो नयाँ स्ट्रेनको कम्तीमा एक केस आफ्नो देशमा पनि पाइएको नेदरल्याण्ड सरकारको स्वास्थ्य विभागले पुष्टि गरेपछि सरकारले यस्तो कदम उठाएको हो ।

नेदरल्याण्डको स्वास्थ्य विभागका अनुसार यो केस डिसेम्बर महिनाको सुरुवातमा देखिएको र अहिले यसबारे थप अनुसन्धान भइरहेको बताएको छ । मन्त्रालयले यो नयाँ आएको स्ट्रेनलाई देशमा फैलिनबाट रोक्नको लागि जति सक्दो बेलायतबाट आवागमनमा रोक लगाउनुपर्ने बताएको छ । स्काइन्यूजका अनुसार यो प्रतिबन्ध २० डिसेम्बर स्थानीय समयअनुसार बिहान ६ बजे सुरु भएर १ जनवरी सम्म लागू हुनेछ । सरकारले विदेशमा भाइरस संक्रमणको विकासक्रमलाई नजिकबाट नियालिरहेको र भविष्यमा लागू गराउने अन्य मापदण्डको बारेमा विचार गरिरहेको बताएको छ ।

आगामी दिनका लागि नेदरल्याण्ड सरकारले युरोपेली संघका सदस्य राष्ट्रहरुसँग सहकार्य गरिरहेको र बेलायतबाट भाइरस आयात हुन नदिनको लागि थप मापदण्ड लागू गराउनजेबारे परामर्श गरिरहेको बताएको छ । भीयूआइ २०२०–०१ नामले चिनिने भाइरसको यो नयाँ स्ट्रेन सुरुवाती स्ट्रेनभन्दा छिटठो फैलिने र यसैका कारण दक्षिण पूर्वी इङल्याण्डमा केसहरु बढिरहेको विश्वास गरिएको छ । शनिबार बेलायती प्रधानमन्त्री बोरिस जोनसनले यो नयाँ स्ट्रेन सुरुवाती स्ट्रेनभन्दा ७० प्रतिशत छिटो फैलिने चेतावनी दिएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.