संसद विघटन : विहानैदेखि देशभर उच्च सुरक्षा सतर्कता
काठमाडौं। विहानैदेखि देशभर उच्च सुरक्षा सर्तकता अपनाइएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिसमक्ष संसद् विघटनको सिफारिस गरेपछि देशभर सुरक्षा ‘अलर्ट’ गरिएको छ।
देशका विभिन्न स्थानमा हुनसक्ने प्रदर्शनलाई मध्यनजर गर्दै सुरक्षा निकायलाई तयारी अवस्थामा राखिएको सुरक्षा स्रोतले जनाएको छ। सुरक्षा अधिकारीका अनुसार अनौपचारिक रुपमा मुलुकका सबै सुरक्षा निकायले सतर्कता बढाएका हुन्।
प्रधानमन्त्री ओलीको पछिल्लो कदमले मुलुकका थप संकट आउन सक्ने शान्ति सुरक्षामा असर पर्नसक्ने खतरालाई ध्यानमा राखेर सुरक्षाकर्मीहरु परिचालन हुने भएका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकमा ओलीले संसद् विघटनको सिफारिस गरेका थिए। ओली संसद् विघटनको प्रस्ताव बोकेर राष्ट्रपति निवास पुगेका छन्। विहानै पार्टीका कार्यकारी अध्यक्ष ओलीसँगको भेटघाटमा पुगेपनि उनले भेट दिएका थिएनन्।







डिसी नेपाल








Facebook Comment