संसद विघटन गर्ने प्रधानमन्त्रीको कदमको बामदेवद्वारा विरोध

डिसी नेपाल
५ पुष २०७७ १५:४४
236
Shares

काठमाडौं। सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा भंग गरी नयाँ निर्वाचनको मिति तोकेपछि नेकपा उपाध्यक्ष बामदेव गौतमले विरोध जनाएका छन्। यसअघि संसद विघटन गर्ने प्रधानमन्त्रीको कदमलाई न विरोध न समर्थन गरेको जनाएका गौतमले अपरान्ह विज्ञप्ति जारी गर्दै संसद विघटन गर्ने प्रधानमन्त्रीको कदमको विरोध गरेका हुन्।

गौतमले जारी गरेको विज्ञप्तिमा लेखिएको छ,‘गत आम निर्वाचनबाट झण्डै दुईतिहाइ बहुमत प्राप्त गरेको नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले यस संसदको कार्यकाल दुई वर्ष बाँकी हुँदाहुँदै नेपालको संविधानको मर्म र भावना विपरित प्रतिनिधिसभा विघटन गर्न राष्ट्रपतिबाट जारी गराउने गैर संवैधानिक कदम गलत र भत्र्सना योग्छ छ।’

प्रधानमन्त्रीको यो कदमले देशमा राजनीतिक अस्थिरता बढाउने र संघीय लोकतान्त्रिक गणतन्त्र सम्पूर्ण मूल्यमान्यतालाई समाप्त पार्ने गौतमले उल्लेख गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.