यी हुन् संवैधानिक निकायमा सिफारिस भएका पधादीकारीहरु (सूची)
काठमाडौं । संवैधानिक परिषद् (काम कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन २०६६ संशोधन अध्यादेश जारी भएपछि मंसिर ३० गतेको बसेको परिषदको बैठकले संवैधानिक निकायका रिक्त ४५ पदमा सिफारिस गरिएको व्यक्तिहरुको नाम दर्ता गराएको छ ।
उक्त बैठकमा सभामुख अग्निप्रसाद सापकोटा र प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा अनुपस्थित थिए ।
संवैधानिक परिषद्को पुरानो मितिको निर्णयअनुसार दर्ता गरिएका नामावलीअनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा प्रेम राई तथा राष्ट्रिय मानवअधिकार आयोगको अध्यक्षमा टपबहादुर मगरको नाम सिफारिस गरिएको छ ।
कुन आयोगमा को सिफारिस गरिए सूचीः
अख्तियार दुरुपयोग अनुसन्धान आयोग
प्रमुखमा प्रेम राइ, सदस्यहरुमा जयबहादुर चन्द र किशोर सिलवाल,
निर्वाचन आयोग
आयुक्तमा रामप्रसाद भण्डारी र डा जानकी तुलाधर
राष्ट्रिय मानवअधिकार आयोग
अध्यक्षमा टपबहादुर मगर, सदस्यहरुमा मनोज दुवाडी, सूर्य ढुंगेल, लिली बस्नेत थापा र मीहिर ठाकुर
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग
सदस्यमा जुद्ध गुरुङ र अमरराज मिश्र
मधेसी आयोग
सदस्यमा जिवक्ष साह, रेणुदेवी शाह, विजय गुप्ता
राष्ट्रिय महिला आयोग
अध्यक्षमा कमला कुमारी पराजुली, सदस्यहरूमा कृष्णकुमारी पौडेल र विद्याकुमारी सिन्हा
थारु आयोग
विकास चौधरी, बबिता चौधरी, सुबोधसिंह थारु, भोलाराम चौधरी
राष्ट्रिय दलित आयोग
अध्यक्षमा देवराज विक, सदस्यमा मीना सोब, परशुराम रम्तेल, कुञ्ज बराइली र मेहेले पार्की
राष्ट्रिय समावेशी आयोग
अध्यक्षमा मनप्रसाद खत्री, सदस्यहरूमा रामचन्द्र जोशी, हरिभक्त जोशी, जितेन्द्र पासवान
आदिवासी जनजाति आयोग
अध्यक्षमा रामबहादुर थापा, सदस्यमा मीन श्रीस मगर, मिनसिंह लामा, रिना राना, चरण राई
मुस्लिम आयोग
महमुद्दीम अलि र मिर्जाअर्सद बेग







डिसी नेपाल








Facebook Comment