प्रदेश स्तरीय महिला क्रिकेटको उपाधि महोत्तरीलाई

डिसी नेपाल
५ पुष २०७७ १७:३१
176
Shares

राजबिराज । प्रधानमन्त्रीकप राष्ट्रिय क्रिकेट प्रतियोगिताको अन्तर्गत सप्तरीको राजबिराजमा संचालित प्रदेश नं. २ स्तरीय क्रिकेट प्रतियोगिताको आईतवार सम्पन्न फाईनलमा महोत्तरीले सिरहालाई ८ बिकेटले पराजित गर्दे उपाधि हात पारेको छ । राज रंगशालामा भएको फाईनलमा टस जितेर पहिले ब्याटिङ गरेको सिरहाले निर्धारित २० ओभरको खेलमा १६ ओभर ६ बल खेल्दै सम्पुर्ण विकेट गुमाएर ८६ रन बनायो । सिरहालाई कम स्कोरमा रोक्न महोत्तरीकी शोभा आलेले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा १ मेडन सहित १२ रन दिएर महत्वपुर्ण ५ विकेट लिईन । महोत्तरीका अन्य बलरमा बिमला मगरले ३ तथा रोजि कडारीले २ बिकेट लिईन । ब्याटिङ तर्फ सिरहाकी कविता गौतम २४, उर्मिला चौधरी १५ तथा सरस्वती चौधरीले १४ रनको योगदान दिईन ।

८७ रनको झिनो लक्ष्य लिएर मैदान ओर्लेको महोतरीले १४ ओभर ४ बलमा २ विकेट गमाउदै लक्ष्य पुरा गर्यो । महोत्तरीका लागि बिमला मगरले अविजित ३१ तथा गोमा आलेले अविजित २४ रनको योगदान दिदा रोजि कडारीले २१ रन बनाईन । बलिङ तर्फ सिरहाकी सन्तोषि चौधरीेले १ विकेट लिईन । खेलको म्यान अफ द म्याच महोत्तरीकी शोभा आलले पाईन । प्रतियोगिताको उत्कृष्ट बलरको उपाधि महोत्तरीकी रोजि कडारी, उत्कृष्ट ब्याटसम्यान सिरहाका अनुराधा चौधरी तथा प्लेयर अफ द सिरीजको उपाधि महोत्तरीकी बिमला मगर भईन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.