संसद् विघटनको पक्षमा शंकर पोखरेलको फेसबुक स्टाटस, कमेन्टमा चर्को विरोध
फाइल फाेटाे
काठमाडौं। नेकपा स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आइतबार ८ बजेतिर सामाजिक सञ्जाल फेसबुकमा संसद् विघटन गर्ने सरकारको निर्णयको बचाउ गर्दै एक स्टाटस पोस्ट गरे।
उनले नेकपाका पहिलो वरियताका अध्यक्षमाथि विभिन्न आरोप लगाएर पेश गरिएको प्रस्ताव फिर्ता गराउने प्रयास असफल भएकाले बाध्यतात्मक परिस्थितिमा संसद् विघटन भएको र विघटनपछि ताजा जनादेशमा जानु लोकतान्त्रिक हुने बताएका छन्। साथै उनले संसद् विघटनको विरोधमा आन्दोलन गर्दा प्रतिगमनकारीलाई फाइदा हुने भन्दै गम्भीर बन्न भनेका छन्।
तर, उनको यो स्टाटसमा कमेन्टको वर्षात भएको छ, त्यो पनि विरोधमा। धेरै जसो नेकपाकै कार्यकर्ताले उनको स्टाटसमा कमेन्ट गर्दै संसद् विघटनको चर्को विरोध गरेका छन्। स्टाटस लेखेको १५ मिनेटमै ५ सयभन्दा धेरै कमेन्ट गरिएका छन्। अधिकांशमा उनको विरोध गरिएको छ।
पार्टी एकताको मर्म विपरितको समिकरण,पार्टी विधानको व्यवस्था विपरित पहिलो वरियताका अध्यक्ष तथा प्रधानमन्त्रीका विरुद्धको…
Posted by Shankar Pokhrel on Sunday, December 20, 2020







डिसी नेपाल








Facebook Comment