फुटबलर बिमल घर्तिमगर गम्भीर घाइते

डिसी नेपाल
५ पुष २०७७ २१:५६
692
Shares

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड बिमल घर्तिमगर गम्भीर घाइते भएका छन् । राष्ट्रिय टोलीको बन्द प्रशिक्षणका क्रममा ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा उनको घुँडामा चोट लागेको हो ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का प्रवक्ता किरण राईका अनुसार बिमलको ‘लिगामेन्ट’ च्यातिएको छ । उनको शल्यक्रिया गर्नुपर्ने चिकित्सकले बताएका छन् । शल्यक्रियापछि मात्र खेलबाट के कति समय वञ्चित हुनुपर्ने हो थाहा हुने प्रवक्ता राईले बताए ।

यसअघि विश्वकप छनोटको क्रममा बिमल तीन महिना अनुशासनको कारबाहीमा परेका थिए । उनि लामो समयको पखाइपछि बन्द प्रशिक्षणमा फर्किएका हुन् । पछिल्लो समय बिमल मछिन्द्र क्लबमा आबद्ध छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.