लाखौं शिख किसान सडकमा ज्यान गुमाउँदै, बेवास्ता गर्दै प्रधानमन्त्री गुरुद्वारामा
काठमाडौं। भारतमा कृषि कानुनको विरोधमा लाखौं किसान सडकमा उत्रिएका छन् । सडकमा उत्रिनेमा सबैभन्दा बढी पंजाब र छिमेकी राज्य हरियाणाका किसानहरु छन् । तर, उनीहरुको कुरालाई पूरै बेवास्ता गर्दै प्रधानमन्त्री नरेन्द्र मोदी भने शिखहरुकै पवित्र गुरुद्वारा भ्रमणमा निस्किएका छन् । मोदीले पछिल्लो समय अप्रत्याशित रुपमा गुरुद्वाराको भ्रमण गरेकना हुन् ।
किसान आन्दोलनमा कम्तीमा २५ जनाले ज्यान गुमाइसकेका छन् । सेप्टेम्बरमा सरकारले ल्याएका तीन कृषि कानुनको विरोधमा उत्रिएर मृत्युको मुखमा पुगेका किसानहरुमध्ये अधिकांश चिसोले कठ्यांग्रिएर मरेको पुलिसले बताएको छ । अर्कोतर्फ प्रधानमन्त्री मोदी भने दिल्लीकाने गुरुद्वारा रकब गन्ज साहिबमा पुगे, त्यहाँ शिख धर्मगुरुहरुसँग कुरा गरे र गुरुद्वारा आएका सर्वसाधारणसँग फोटो खिचाए । यो गुरुद्वारा संसद भवन नजिकै छ जहाँ शिख सन्त तेज बहादुरको समाधि छ ।
This morning, I prayed at the historic Gurudwara Rakab Ganj Sahib, where the pious body of Sri Guru Teg Bahadur Ji was cremated. I felt extremely blessed. I, like millions around the world, am deeply inspired by the kindnesses of Sri Guru Teg Bahadur Ji. pic.twitter.com/ECveWV9JjR
— Narendra Modi (@narendramodi) December 20, 2020
मोदीले गुरुद्वारा भ्रमणपछि मोदीले आफू कृतार्थ भएको ट्वीटरमा बताएका छन् । प्रतिक्रियामा सामाजिक संजालमा मिश्रित प्रतिक्रिया आएका छन् । केहीले बिना सुरक्षा सामान्य मानिसजस्तो गरी मोदीको भ्रमणलाई प्रशंका गरेका छन् । केहीले भने विरोध प्रदर्शन अन्त्य गर्न भनिरहेका छन् । शिख बाहुल्य पंजाब र हरियाणाका किसानहरुले विगत ३ हप्तादेखि दिल्लीका सडकहरु अवरुद्ध पारिरहेका छन् । उनीहरुले कृषि कानुन फिर्ता गर्न माग गरिरहेका छन् ।







डिसी नेपाल








Facebook Comment