श्रीमती अर्को पार्टीमा गएपछि सांसदले दिए सम्बन्धविच्छेद
काठमाडौं। श्रीमतीले आफ्नो पार्टी परित्याग गरेर अर्को पार्टीमा गएपछि एक जना सांसदले सम्बन्धविच्छेदको नोटिस पठाएका छन् । भारतको पश्चिम बंगालमा भारतीय जनता पार्टीका सांसद सौमित्र खानकी पत्नी सुजाताले आज भाजपा छाडेर तृणमूल कांग्रेसमा गएपछि सांसद खानले श्रीमतीसँग सम्बन्धविच्छेदको तयारी गरेका हुन् ।
सुजाताले भाजपामा केवल अवसरवादीलाई मात्रै स्थान दिइएकोले पार्टी परित्याग गरेको बताएकी छिन् । उनले आफ्नो लागि भाजपामा कुनै सम्मान नभएको बताइन् । सुजाताले पार्टी परित्याग गरेपछि रिसाएका पतिले सम्बन्धविच्छेदको तयारी गरेका छन् । सुजाताको घरमा सुरक्षामा खटाइएका जवान पनि हटाइएका छन् । सौमित्र खानले परिवारमा मतभेद भएको स्वीकार गर्दै पारिवारिक मतभेदलाई राजनीतिक रुप दिन जरुरी नभएको बताए ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment