अमेरिकी साइबर आक्रमणमा रूसको भूमिका अस्वीकार

डिसी नेपाल
६ पुष २०७७ १९:३५
60
Shares

मस्को (एएफपी)। संयुक्त राज्य अमेरिकामा हालसालै गरिएको साइबर हमलामा कुनै पनि भूमिका रहेको भन्ने भनाइलाई रूसले अस्वीकार गरेको छ । महत्वपूर्ण साइबर आक्रमणमा रुसको हात रहेको अमेरिकी आरोप प्रमाणहीन रहेको रूसको दावी छ ।

अमेरिकी सांसदहरूले गत हप्ताको अन्तमा सरकारी एजेन्सीहरूमा भएको साइबर आक्रमणलाई कडा प्रतिक्रियाका लागि आग्रह गरेका र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसप्रति औंला ठड्याउन नचाहेकोमा आलोचना गरेका छन् ।

रूसलाई ह्याकका लागि जिम्मेवार भन्दै रूसी प्रशासनको अमेरिकी अधिकारीहरूले व्यापक आलोचना गरिरहेका छन् ।

राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले साइबर हमलाबारे वाशिङ्गटनमा जारी सार्वजनिक बहससँग रूसको कुनै सम्लग्नता नरहेको बताए।

“रूस यी आक्रमणमा सम्लग्न छैन,” पेस्कोभले सोमबार पत्रकारहरुसँग भने।

टेक्सासस्थित आईटी कम्पनी सोलारवाइन्ड्सद्वारा निर्मित उद्यम प्रबन्धन नेटवर्क सफ्टवेयरको प्रयोग गरी आक्रमणकारीहरूले कम्प्युटर नेटवर्कहरूमा आक्रमण गर्न सफल भएका अमेरिकी अधिकारीले बताएका छन् ।

अमेरिकी ट्रेजरीसहितका सरकारी निकायहरू रहेका व्यक्तिहरू पनि प्रभावित भएका आक्रमण गराउन सहयोग गरेको हुनसक्ने अनुसन्धानकर्ताहरूले बताएका छन् । यसले विश्वव्यापी साइबर आक्रमणको लक्ष्यमा अमेरिका र अमेरिकी संस्थाहरू परेको देखिएको उनीहरूले बताएका छन् ।

पेसकोभले भने, “रसियाको सम्लग्नताका कुनै पनि आरोप बिल्कुल निराधार छन् र अन्धोरूपमा व्यक्त हुने रूसप्रतिको घृणा (रूसोफोबिया) को निरन्तरता हो ।”

क्रेमलिनले यूक्रेनको विद्युतीय प्रणालीलाई लक्षित गरी गरिएको आक्रमणमा रूसी गुप्तचरको हात रहेको भन्ने अमेरिकी आरोपलाई यस अघिपनि अस्वीकार गरेको थियो ।

पेस्कोभले भने, रूसको संलग्नताका कुनै पनि आरोप बिल्कुल निराधार छन् र अन्धा रसोफोबियाको निरन्तरता हो।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.