दक्षिण अफ्रिकाका पूर्व क्रिकेटर ज्याक कालिस नयाँ भूमिकामा देखिदै

डिसी नेपाल
६ पुष २०७७ २०:५१
60
Shares

काठमाडौं । दक्षिण अफ्रिकाका पूर्व क्रिकेटर ज्याक कालिस नयाँ भूमिकामा देखिन भएका छन । ईङल्यान्ड क्रिकेट बोर्ड (ईसिबी)ले उनलाई ब्याटिङ कन्सलटेन्ट(सल्लाहकार) को रुपमा नियुक्त गरेको छ । उनलाई अर्को महिना श्रीलंका बिरुद्व हुने टेस्ट सिरिजको लागि ईङल्यान्ड टोलीको ब्याटिङ सल्लाहकारको रुपमा चयन गरिएको हो । श्रीलंका भ्रमण पछि उनलाई टोलीको ब्याटिङ सल्लाहकारको रुपमा निरन्तरता दिने वा नदिने ईसिबीले उल्लेख गरेको छैन । कालिसले पहिलो पटक ईङल्यान्ड टोलीमा ब्याटिङ सल्लाहकारको रुपमा काम गर्नेछन ।

यसअघि ईसिबीले २ टेस्ट खेलको सिरिजको लागि २ जनवरीमा श्रीलंका प्रस्थान गर्ने बताएको छ । भ्रमणमा कालिससँगै अन्य ७ कोचहरु टोलीसँग जोडिने छन । ४५ बर्षीय कालिसले उसअघि सन २०१९ मा दक्षिण अफ्रिका क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारको रुपमा काम गरेका थिए । सर्वकालिन महान खेलाडीका रुपमा परिचित कालिसले दक्षिण अफ्रिकाका लागि १६६ टेस्ट खेलमा ५५.३७ को औसतले १३ हजार २ सय ९८ रन बनाएका छन । उनले सन २०१४ मा क्रिकेटका सबै प्रारुपबाट अवकाश लिएका थिए ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.