बिहेमा २० जना मात्र बोलाउन पाइने नियम नतोडिकनै जोडीले बोलाए १० हजार पाहुना !
काठमाडौं। कोरोनाभाइरस महामारीका कारण विभिन्न देशमा ठूला समारोहमा प्रतिबन्ध लगाइएका छन् । यस्तो स्थितिमा निकै सीमित पाहुनाको साथमा यस्ता समारोह भइरहेका छन् । तर, एक जोडीले कोरोनाको प्रतिबन्ध हुँदाहुँदै पनि १० हजार पाुहनालाई आफ्नो बिहेमा बोलाए । सबैभन्दा महत्वपूर्ण कुरा, उनीहरुले यति धेरै पाहुना बिहेमा बोलाउँदा पनि सरकारले निर्धारण गरेको नियम भने तोडेनन् ।
बीबीसीको रिपोर्टअनुसार कोरोना प्रतिबन्ध अन्तर्गत मलेसियामा केवल २० जनालाई बिहेमा बोलाउन पाइन्छ । त्यसैले यो जोडीले आफ्नो बिहेलाई ‘ड्राइभ थ्रु इभेन्ट’मा बदलिदिए । यसो गरेर उनीहरुले १० हजार पाहुना बोलाए । ड्राइभ थ्रु अर्थात पाहुनाहरु आफ्नो कारमा चढेर आए र बिहे समारोह भइरहेको ठाउँमा आफ्नो कार विस्तारै चलाए । बिहेपछि आइतबार यो जोडी मलेसियाको पुटराज्याको एक सरकारी भवन अगाडि बसे । यही क्रममा पाहुनाहरु आ–आफ्नो कारमा उनीहरुकहाँ आए, उनीहरुलाई शुभकामना दिए र कारबाट नओर्लिकनै गए ।
बेहुला टेंग्कु मोहम्मद हाफिज मलेसियाका पूर्व मन्त्री तथा प्रभावशाली नेता टेंग्कु अदनानका छोरा हुन् । बिहेमा अर्को खास कुरा के पनि भयो भने बेहुलाको जन्मदिन पनि आइतबार नै थियो । टेंग्कु अदनानकी पत्नीको नाम ओसिअन एलाजिया हो । टेंग्कु अदनानले कारबाट नओर्लिइ बिहेमा सहभागी भएकोमा पाहुनाहरुलाई धन्यवाद दिएका छन् । रिपोर्टका अनुसार ३ घण्टामै १० हजार पाहुना बिहेमा सहभागी भएका थिए । पाहुनालाई डिनर पनि दिइएको थियो । यसको लागि खाना पहिले नै प्याक गरेर राखिएको थियो ।







डिसी नेपाल







Facebook Comment