जो बाइडेनले कोरोना भ्याक्सिन लगाए

डिसी नेपाल
७ पुष २०७७ १६:१२
92
Shares

काठमाडौं। अमेरिकाका निर्वाचित राष्ट्रपति जो बाइडेनले सार्वजनिक रुपमा कोरोनाभाइरस भ्याक्सिनको पहिलो डोज लिएका छन् । बाइडेनले नेवार्क डेलाभेयरको क्रिस्टियाना अस्पतालमा सोमबार फाइजरको भ्याक्सिनको पहिलो डोज लिएका हुन् । अमेरिकी जनतालाई भ्याक्सिनको सुरक्षाका विषयमा आश्वस्त पार्ने उद्देश्यले यो कार्यक्रमको प्रत्यक्ष प्रसारण गरिएको थियो । ७८ वर्षका बाइडेन अत्याधिक संक्रामक श्वास प्रश्वाससम्बन्धी यो रोगको लागि उच्च जोखिम श्रेणीमा छन् ।

भ्याक्सिनको सीमित डोजका कारण कैयौं राज्यहरुले स्वास्थ्य कार्यकर्ता र नर्सिङ होमका निवासीहरुलाई पहिले भ्याक्सिन लगाउने निर्णय गरेका छन् । बाइडेनले भ्याक्सिन लगाएपछि अमेरिकीहरुलाई मास्क लगाउन आग्रह गरे । उनले यात्रा गर्नु अत्यन्तै जरुरी नभएको अवस्थामा यात्रा नगर्न पनि सल्लाह दिए । अमेरिकामा सोमबार भ्याक्सिन लगाउने देशव्यापी अभियान सुरु गरिएको हो । अमेरिकामा फाइजरसँगै मोडर्नाको भ्याक्सिनले पनि स्वीकृति पाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *