‘छम्मछम्म’मा काउली बुढी र डिमोनको आकर्षक नृत्य [भिडियाे]
काठमाडौं । सन्ध्या बुढा (काउली बुढी)को स्वरमा सजिएको ‘छम्मछम्म’बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ ।
गीतमा मेल भ्वाइसमा रबिन्द्र लामिछाने साथ दिएका छन् भने शब्दसमेत स्वयंम लामिछानेकै रहेको छ । नवराज उप्रेतीले छायांकन गरेको उक्त गीतको भिडियोमा गायिका सन्ध्यासँगै मोडल डिमोन क्षेत्रीलाई कास्ट गरिएको छ ।
गीतको भिडियोमा दुईजनाको क्यामेस्ट्री मिलेको देखिन्छ । भिडियोलाई मनोज कार्कीले सम्पादन गरेका छन् भने मौसम हिमालीले नृत्य निर्देशन गरेका छन् । गीतको भिडियो ‘ब्ल्याक स्टुडियो नेपाल’को युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment