२ अर्ब डलरको कम्पनी मात्रै १ डलरमा बेच्न किन बाध्य भए यी व्यवसायी ?

डिसी नेपाल
७ पुष २०७७ १६:५५
1.5k
Shares

काठमाडौं। के तपाइँ कल्पना गर्न सक्नुहुन्छ कि कुनै उद्योगपतिले आफ्नो २ अर्ब डलरको कम्पनी मात्रै १ डलरमा बेच्न सक्छ ? यो कुरा विश्वास गर्नै कठिन हुन्छ । तर परिस्थितिले मानिसलाई जे पनि गर्न विवश बनाउँछ । युएइमा बसेर व्यवसाय गर्ने भारतीय मूलका व्यवसायी बीआर शेट्टीले बाध्य भएर आफ्नो २ अर्ब डलरको कम्पनी १ डलरमा बेच्नु पर्यो । बीआर शेट्टीले आफ्नो फिनाब्लर पिएलसी कम्पनी इजरायल युएइ कन्जोर्टियमलाई मात्रै १ डलरमा बेचेका छन् ।

गएको वर्ष नै बीआर शेट्टी डुब्ने क्रम सुरु भएको थियो । उनको कम्पनीमाथि अरबौं डलर ऋण छ र उनीविरुद्ध धोकेबाजीको मुद्दा पनि चलिरहेको छ । गएको डिसेम्बरमा उनको व्यवसायको बजार मूल्य २ बिलियन डलर अनुमान गरिएको थियो । त्यतिबेला उनीमाथि १ अर्ब डलरको ऋण भएको बताइएको थियो । बीआर शेट्टीको फाइनान्सियल कम्पनी फिनाब्लरले ग्लोबल फिनटेक इन्भेस्टमेन्ट होल्डिङ (जीएफआइएच) सँग सम्झौता गर्ने घोषणा गर्यो । जीएफआइएच इजरायलको प्रिज्म ग्रुपको सहयोगी कम्पनी हो जसलाई फिनाब्लर पिएलसीले आफ्नो सबै सम्पत्ति बेच्दैछ ।

अहिले फिनाब्लर कम्पनीमाथि शेयर मार्केटमा कारोबार गर्न प्रतिबन्ध लगाइएको छ । कम्पनीको गिर्दो साखका कारण यो कम्पनीमा लगानी गर्न कोही पनि तयार छैनन् । कम्पनीमाथि १ अर्ब डलरभन्दा धेरै ऋण छ । यो ऋणको सेटलमेन्ट हुने गरी बीआर शेट्टीले फिनाब्लर कम्पनी बेच्न लागेका हुन् । ऋणको सेटलमेन्टपछि कम्पनीको मूल्यबाट बीआर शेट्टीले मात्रै १ डलर पाउनेछन् र यही १ डलर लिएर उनले कम्पनी बेचेका हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *